देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्रीले विश्वासको मत लिने

देशान्तर

काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक यही वैशाख ११ गतेलाई बोलाइएको छ ।

प्रदेशसभा सचिवालयले वैशाख ११ गते बिहान ११ बजेका लागि बोलाएको हो ।

उक्त बैठकमा मुख्यमन्त्री लीला गिरीले विश्वासको मत लिने तयारी छ ।

प्रदेश सभा सचिव दुर्लभकुमार पुनले हालसम्म विश्वासको मत लिनका लागि प्रदेशसभामा प्रस्ताव भने दर्ता भइनसकेको बताउनुभयो ।

तर, चैत १२ भित्र विश्वासको मत लिनैपर्ने भएकाले ११ गतेकै बैठकमा विश्वासको मत लिनेगरी तयारी अघि बढेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । गिरीले दोस्रोपटक विश्वासको मत लिनुपर्ने भएको हो ।

सत्ता समीकरण अनुसार माओवादी केन्द्रलगायतका दलले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत लिन लाग्नुभएको हो ।