देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेती नदीको जोखिम क्षेत्रमा मानवीय क्षति हुन नदिन सरकारसँग सांसद भट्टराईको माग

देशान्तर

काठमाडौं । नेकपा (एमाले) की सांसद विद्या भट्टराईले पोखराको सेती नदीको जोखिम क्षेत्रमा मानवीय क्षति नहुने गरी तारबारसहितको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गर्नुभएको छ ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले जोखिम क्षेत्रमा तारबारसहितको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको हो ।

गत शनिबार पनि सेती नदीको खोजमा परी स्थानीय १२ वर्षीय बालिका स्मृति पराजुलीको ज्यान गएको दुःखद् घटनाको बारेमा संसदमा जानकारी गराउनु भएको हो ।

त्यसका लागि सरकारले विज्ञहरुले दिएको सुझाव अनुसार तत्काल योजना बनाएर काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

सांसद भट्टराईले भूगर्भविद्हरुले सेती नदीको कारण ठूलै क्षति हुन सक्ने औंल्याएको उल्लेख गर्दै सरकारले उनीहरुले दिएको सुझाव अनुसार त्यसको संरक्षणमा लाग्नुपर्ने पनि बताउनुभयो ।

सरकारले विगतमा पनि आफूहरुले सो नदीको संरक्षणका लागि आवश्यक व्यवस्था मिलाउन गरेको आग्रहलाई बेवास्ता गरेको भन्दै सांसद भट्टराईले असन्तुष्टि व्यक्त गर्नुभयो ।