देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रौतहटमा गोली चल्दा एक जनाको मृत्यु, चार जना घाइते

देशान्तर

 

रौतहट – रौतहटको गढीमाइ नगरपालिकामा सडक सम्बन्धी विवादका क्रममा दुई समूहबीच झडप हुँदा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

गोली लागेर गढीमाइ नगरपालिका-८ का ५० वर्षीय राजकुमार राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यादवको वीरगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य चार जना घाइतेको उपचार भइरहेको छ ।

प्रहरीका अनुसार गाउँमा सडक कहाँ बनाउने भन्ने विषयमा एकै गाउँका दुई समूहबीच विवाद चर्किँदै गर्दा झडप लिएको बताइएको छ ।घटनामा संलग्न भएको आशंकामा १० जनाभन्दा बढीलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।