देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गाउँपालिका अध्यक्षको घरमा प्रेसर कुकर बम

देशान्तर

काठमाडौं । रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घरमा प्रेसर कुकर बम फेला परेको छ ।

सियारी–४ दयानगर छपियास्थित अध्यक्ष घिमिरेको घर पछाडितर्फको पर्खाल बाहिर प्रेसर कुकर फेला बम परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

अध्यक्ष घिमिरेले १० बजेतिर घरबाहिर निस्कने बेलामा तारबार जेलिएर राखिएको अवस्थामा प्रेसर कुकुर बम फेला परेको थियो । बम देखेलगत्तै उहाँले प्रहरीलाई खबर गर्नुभएको थियो ।

अध्यक्ष घिमिरेको घरमा बम भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी )श्यामु अर्यालले जानकारी दिनुभयो ।

अहिले नेपाल प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको थियो । घिमिरे नेपाली कांग्रेस रुपन्देहीका जिल्ला उपसभापति समेत हुनुहुन्छ ।

बम कसले र किन राखेको भन्ने विषयमा अनुसन्धान सुरु गरिएको डिएसपी अर्यालले जानकारी दिनुभयो ।