देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आजदेखि सन्धिखर्क नगरपालिकाले फोहोर संकलन गर्न सुरु

देशान्तर

काठमाडौं । आजदेखि लागु हुने गरी अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले फोहोर मैलाको वर्गीकरण गर्न सुरु गरेको छ ।

जस अनुसार बार अनुसार फोहोर संकलन गरिने नगरपालिकाले जनाएको हो ।

प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसालका अनुसार फोहोर संकलन र व्यवस्थापन गर्नका लागि रिमा केबल बिल्ड्स प्रा।लि काठमाडौंसँग सम्झौता भएको हो ।

नकुहिने फोहोरलाई निजी क्षेत्रले बिक्री गर्छ भने कुहिने फोहोरलाई प्रशोधन गरेर उत्पादन भएको जैविक मल नगरपालिकाले खरिद गर्ने उहाँले बताउनुभएको छ ।

आजदेखि अर्थात् नयँ वर्षदेखि लागू हुने गरी २०८५ साल असारसम्मको लागि सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत भुसालले बताउनुभयो ।