देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खप्तड गोल्डकपको फाइनल खेल आज, मनाङ र थ्री स्टार उपाधि उचाल्ने योजनामा

देशान्तर

काठमाडौं । छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

धनगढी रंगशालामा हुने फाइनलमा दुई ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दुई चिरपरिचित प्रतिद्वन्दी मनाङ र थ्री स्टार आज दुबै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रने छन् । शुक्रबार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै दुवै टिमका कप्तानले छैटौं संस्करणको उपाधि आफुले जित्ने दाबी गरेका थिए ।

सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ हात पार्ने छन् । विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार र म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् ।