देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वडाध्यक्षमाथि कुटपिट, चार वटा दाँत भाँचिए

देशान्तर

काठमाडौं । मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरद सिंह नेगीमाथि कुटपिट भएको छ ।

वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी ४२ वर्षीय जनार्दन नेगी र उनका छोरा २३ वर्षीय पारस नेगीले वडाध्यक्षमाथि कुटपिट गरेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभएको छ ।

गएराति साढे ९ बजेतिर वडा नं. १ कै जिरो प्वइन्टमा रहेको बजारको एक पसलमा बुबाछोराले अध्यक्षमाथि कुटपिट गरेको बताइएको छ । वडाध्यक्ष नेगीका चार वटा दाँत भाँचिएको बताइएको छ । उहाँलाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएको छ ।

वडाकै आन्तरिक विषयमा विवाद हुँदा अध्यक्षमाथि कुटपिट भएको हो । कुटपिट गर्ने बुबाछोरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कायालय बैतडीले जनाएको छ ।