देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निजामती सेवाको नाम फेर्नुपर्छ :नेता निधि

देशान्तर

काठमाडौं – नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले निजामती सेवाको नाम फेर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित स्थानीय तह कर्मचारी युनियन, नेपालको प्रथम केन्द्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता निधिले निजामती सेवाको नाम फेर्नुपर्ने बताएका हुन् । उनले आफू सामान्य प्रशासनमन्त्री भएको बेलामा पनि निजामती सेवाको नाम फेर्ने विषयमा छलफल चलाएको उल्लेख गरे ।

उनले निजामती शब्द उर्दुबाट आएको उल्लेख गर्दै निजाम्को अर्थ ‘राजा’ हुने बताए । नेता निधिले राजाको सेवामा खटिनेहरुलाई ‘निजाम्ती’ भन्ने गरिएको र त्यही शब्द विकसित हुँदै ‘निजामती’ भएको उनले उल्लेख गरे । नेता निधिले निजामती शब्द समय सान्दर्भिक नभएको भन्दै समय सान्दर्भिक नाम खोज्नुपर्ने बताए ।

नेता निधिले स्थानीय तहका कर्मचारीहरु र निजामती सेवा बाट आएका कर्मचारीहरुबीचमा द्वन्द्व देखिएको गुनासो आएको भन्दै द्वन्द्वको निराकरण गर्नका लागि राजनीतिक तह प्रतिवद्ध रहेको बताए ।