देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हतियारको बदलामा खाद्यान्न उपलब्ध गराउन लागेको भन्दै अमेरिकाको आशंका

देशान्तर

एजेज्सी । उत्तर कोरियाली हतियारको बदलामा खाद्यान्न उपलब्ध गराउने प्रस्ताव लिएर रुसको एउटा प्रतिनिधिमण्डल उत्तर कोरिया जान लागेको अमेरिकाले आशंका गरेको हो ।

अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले उत्तर कोरिया र रुसबीचको कुनै पनि हतियार सम्झौताले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावको उल्लंघन गर्ने बताएका छन् ।

अमेरिकाले यसअघि उत्तर कोरियामाथि युक्रेनमा रहेको रुसी सेना र रुसी भाडाका वाग्नर समूहलाई हतियार उपलब्ध गराएको आरोप लगाएको थियो ।

उत्तर कोरिया विश्वको सबै भन्दा गरिब देशहरू मध्येको एक हो । दशकौंदेखि खाद्यान्न अभावको समस्या झेलिरहेको उत्तर कोरियालाई रुसले यतिबेला खाद्यान्नको बदलामा हतियारको प्रस्ताव गरिरहेको छ ।

गत बिहीबार मात्रै अमेरिकी ट्रेजरीले रुस र उत्तर कोरियाबीच मध्यस्थकर्ताको रूपमा काम गरेको भन्दै स्लोभाकियाका एक नागरिकलाई कालो सूचीमा राखेको थियो ।