देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पोर्न स्टार महिलालाई अवैध रकम दिएको अभियोगमा ट्रम्पमाथि मुद्दा

देशान्तर

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि २०१६ को राष्ट्रपतीय चुनावअघि एक जना पोर्न स्टार महिलालाई अवैध रकम दिएको अभियोग लगाइएको छ ।

न्युयोर्कस्थित म्यानहट जिल्ला महान्यायाधीवक्तको कार्यालयले ट्रम्पमाथि यस्तो अभियोग दर्ता गरेको हो ।

अमेरिकी इतिहासमा कुनै पनि राष्ट्रपतिमाथि फौजदारी अभियोग लागेको यो पहिलो घटना हो ।

सन् २०१६ को राष्ट्रपतीय चुनाव अघि पोर्न स्टार स्टर्मी डेनियललाई अवैध रकम दिएको विषयमा ट्रम्पमाथि मुद्दा चलाइने भएको हो ।

तर ट्रम्पमाथि के कस्ता आरोप लगाइएको छ र उहाँ विरुद्ध कस्तो सजाय माग गरिएको छ भन्ने खुलाइएको छैन । हाल फ्लोरिडामा बस्दै आउनुभएका ट्रम्प पक्राउ पर्न सक्ने वा उहाँ आफैं बयानका लागि अदालतमा उपस्थित हुन सक्ने अनुमान गरिएको छ ।

सन् २०२४ को निर्वाचनमा फेरी उम्मेदवार बन्ने दौडमा रहनुभएका ७६ वर्षीय ट्रम्प र उहाँको रिपब्लिकन पार्टीले भने आरोप अस्वीकार गर्दै आएको छ ।

रिपब्लिकन पार्टीले हंगेरियन मूलका अर्बपति जर्ज सोरसले सञ्चालन गर्ने ओपन सोसाइटी नामक गैरसरकारी संस्थाको प्रभावमा परेर ट्रम्प विरुद्ध अभियोग लगाएको आरोप समेत लगाएको छ ।