देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यसवर्षको एसईई परिक्षामा पाँच लाख विद्यार्थी सहभागी

देशान्तर

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु भएको छ ।

यस वर्ष एसईई परीक्षाका लागि करिब पाँच लाख विद्यार्थी सहभागी भएका छन् । देशभर २ हजार ३६ परीक्षा केन्द्रहरू छन् । यस वर्ष एसईई परीक्षाका लागि करिब पाँच लाख विद्यार्थी सहभागी भएका छन् ।

देशभर २ हजार ३६ परीक्षा केन्द्रहरू छन् । रोजगारीका लागि जापान पुगेका १४ जनाले पनि जापानबाटै परीक्षा दिन लागेका छन् । एसइईको परीक्षा हलभित्र भने कडाइ गरिएको छ। सञ्चारकर्मीलाई तस्बिर खिच्न र समाचार संकल गर्न पनि निषेध गरिएको छ ।

यसैगरी, अंग्रेजी विषयको सट्टा नेपाली विषयको प्रश्नपत्र पुगेपछि धनुषाको एक परीक्षा केन्द्रमा झण्डै एक घण्टा ढिलो एसईई परीक्षा सुरु भएको छ ।

धनुषाको औरही गाउँपालिका स्थित मा.वि. चक्कर परीक्षा केन्द्रमा ५० मिनेट ढिलो परीक्षा सुरु भएको हो । बिहान ८ बजे सुरु हुने परीक्षा ८ बजेर ५० मिनेटमा सुरु भएको थियो ।