देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली टोली घोषणा

देशान्तर

काठमाडौं । एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आज काउन्सिल(एसीसी)को आयोजनामा हुने प्रतियोगिता वैशाख ५ गतेबाट १८ गतेसम्म संचालन हुनेछ ।

प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ । कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ ।

प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहने छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ’ए’ मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ’बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् ।

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल पुग्ने छन् । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ ।

एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।

शीर्ष तीनमा रहने टोली एसिया ईमर्जिङ कपका लागि छनोट हुनेछ । नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग खेल्नेछ ।