देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

म्यानमारको सेनाले ४० राजनीतिक दल विघटन गर्‍यो


सैनिक शासन रहेको म्यानमारले त्यहाँका राजनीतिक दलहरु विघटन गरेको जनाएको छ । त्यसमा आङ सान सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) सहित ४० राजनीतिक दल रहेका छन् ।

सेनाको राजनीतिक वर्चस्व कायम राख्नका लागि हुन लागेको आम निर्वाचनका लागि तोकिएको समयसीमाभित्र यी दल दर्ता भएनन् । जनवरीको सुरुमा, म्यानमारको सेनाले आगामी चुनाव अघि नयाँ चुनावी कानून अन्तर्गत राजनीतिक दलहरूलाई दर्ता गर्न दुई महिनाको समय दिएको थियो। तर, सैन्य शासनको विरोध गर्नेहरूले भने निर्वाचन स्वतन्त्र र निष्पक्ष नहुने बताएका छन् ।

सोही क्रममा सु–कीको पार्टी एनएलडीले चुनाव नलड्ने घोषणा गरेको छ । उनले निर्वाचनलाई अवैधानिक घोषणा गरेका छन् । धेरै राजनीतिक नेता र राजनीतिक कार्यकर्ता पक्राउ परेका बेला एक पार्टी नेताले यो निर्वाचनलाई पटक्कै स्वीकार नगर्ने बताए ।

एनएलडीले नोभेम्बर २०२० मा भएको म्यानमारको संसदीय चुनाव जितेको थियो। तर तीन महिनाभन्दा कम समय नबित्दै आङ सान सुकीलाई म्यानमारको सेनाले ‘कू’ गरेर जेलमा हाल्यो। म्यानमारको सेनाले चुनावमा व्यापक धाँधली भएको भन्दै कूलाई जायज ठहरायो। यद्यपि, स्वतन्त्र निर्वाचन पर्यवेक्षकहरूले कुनै ठूलो अनियमितता फेला पारेनन्।