देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज शेयर बजार उकालो

देशान्तर

काठमाण्डौ । आज शेयर बजारमा उकालो लागेको छ ।

हिजो झन्डै १८ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय १८ दशमलव ४१ विन्दुमा पुगेको छ ।

आज विकास बैंक, फाइनान्स र निर्जीवन बीमा समूहको शेयर सामान्य घटेको छ भने अरू समूहको शेयर बढेको छ ।

पछिल्ला तीन दिन उच्च अङ्कले घटेको माइक्रोफाइनान्स समूहको शेयर आज उच्च अङ्कले बढेको छ ।

आज बजारसँगै कारोबार रकम पनि बढेको छ । दुई सय ५८ वटा कम्पनीका ४० लाख ७७ हजार कित्ता शेयर एक अर्ब ४४ करोड ३७ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै आईएमई जनरल इन्सुरेन्सको छ करोड १५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै सुपरमाई हाइड्रो, एसियन हाइड्रो र सृजनशील लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।