देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साउदी अरबमा बस दुर्घटना २० को मृत्यु

देशान्तर

साउदी अरेबियाको दक्षिणपश्चिम क्षेत्रमा सोमबार यात्रुले भरिएको बस दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य २९ जना घाइते भएको साउदी अरबको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

मृतक अधिकांश तीर्थयात्रीहरू थिए जो पवित्र रमजान महिनामा उमराह (इस्लाममा तीर्थयात्राको एक रूप) गर्न मक्का शहर जाँदै थिए।

पुलमा ठोक्किएर पल्टिएपछि बसमा आगो लागेको थियो । घटनाको फुटेज टिभीमा प्रसारण भएको छ, जसमा बस पूर्णरुपमा जलेको देखिन्छ ।

यमनको सिमानामा पर्ने दक्षिणपश्चिमी असिर प्रान्तमा गाडीको ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।