देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुकुम्बासीलाई उठिबास लगाएको भन्दै मेयर साह विरुद्ध प्रदर्शन

देशान्तर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन विरुद्ध प्रदर्शन गरिएको छ ।

संविधान र कानून विपरित सुकुम्बासीहरुलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर बालेनविरुद्ध सोमबार बिहान काठमाडौंको नयाँ बानेश्वरदेखि माईतीघर मण्डलासम्म र्यालीसहितको विरोध प्रदर्शन गरिएको हो ।
आफूहरुलाई उठिबास लगाउने काममा मेयर बालेन लागेपछि त्यसको विरोधमा सुरु गरिएको प्रदर्शनलाई निरन्तरता दिनु परेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले बताउनुभयो ।

उहाँले संविधान र कानून विपरित भूमिहीनहरुलाई जग्गाधनी पूर्जा दिनुको साट्टो उठिबास लगाउने प्रयास काठमाडौं महानगरपालिका र मेयर बालेनले गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिनुभयो ।

विरोध प्रदर्शनमा पक्राउ परेका भूमि अभियन्ताहरुलाई निःशर्त रिहा गर्न र उनीहरुमाथि लगाइएको सबै झुटा मुद्दा खारेज गर्नुपर्ने मागसहितको नाराबाजी समेत गरिएको थियो ।