देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डडेल्धुरामा असिना पानीले हिउँदे बालीमा ठुलो क्षति, किसान चिन्तित

देशान्तर

काठमाडौं । डडेल्धुरामा आइतबार परेको असिना पानीले हिउँदे बालीमा ठूलो क्षति पुर्याएको छ ।

केही दिनदेखि परिवर्तन भइरहेको मौसममा आइतबार दिउँसो परेको भीषण असिना पानीले जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ८ र ९ का गाउँमा लगाइएको हिउँदे बाली सबै सखाप पारेको हो ।

कृषकहरुले लगाएको हिउँदे बाली गहुँ, तरकारी र फलफूल खेती नष्ट हुने गरी असिना परेपछि गाउँ नै सेताम्य भएको छ ।

बजार क्षेत्रमा कम असिना पानी परे पनि ग्रामीण क्षेत्रमा भने असिनापानीसँगै लगातारको झरीले कृषकहरुलाई पाक्नै लागेको बालीमा बज्रपात भएको स्थानीय कृषक लोकबहादुर पालले जानकारी दिनुभया ।

फसल भित्र्याने समयमा आएको प्राकृतिक प्रकोपले कृषकहरुलाई अपुरणिय क्षति मात्र भएको छैन नगदे बाली सखाप भएपछि कृषक चिन्तित भएका छन् ।

डडेल्धुरा मात्र नभई आइतबारको असिना पानीले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा धेरै जसो स्थानमा ठूलो क्षति भएपनि विवरण भने आइसकेको छैन ।