देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जन्मदिनको अबसरमा गीतकार लोकराजले सार्बजनिक गरे ‘तिम्रो संसार बेग्लै ’

देशान्तर

काठमाण्डौ । प्रसिद्ध गीतकार लोकराज अधिकारीले आफनो ४३ औ जन्मदिनको अबसरमा नयाँ गीतको म्यूजिक भिडियो सार्बजनिक गरेका छन ।

गीतकार अधिकारीले शनिवार सार्बजनिक गरेको ‘तिम्रो संसार बेग्लै भयो ’ बोलको गीतमा प्रबिण बेडवालको स्वर रहेको छ भने ज्योती प्रकाशको संगीत रहेको छ । मनोहर सुनामले संगीत संयोजन गरेको गीतलाई प्रिज्म रेकर्डिङ स्टुडियोका कृष्ण भान्जाले रेकर्डिङ र स्याम स्बेत रसाईलीले मिक्सीङ मास्र्टरिङ गरेका हुन ।

नेपाली सुगम संगीत र चलचित्रमा गीतलेखेर नाम कमाएका गीतकार अधिकारीले यो गीत पनि सुगम संगीत मनपराउने दर्शक श्रोता बाट मायाँ पाउने आशा गरेका छन् । गीतको भिडियोमा अमेरिका बस्दै आएका प्रतिभाशाली मोडल बिकाश चौहान र अभिनेत्री रुषा न्यौपानेको मुख्य भुमिका छ ।

अन्तरजातिय प्रेम र बियोगको कथा रहेको म्यूजिक भिडियोमा रमेश खडका सूर्य ओली लगायतको पनि अभिनय छ । उत्सव दाहालले खिचेको भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन भने निर्देशन प्रकाश धितालले गरेका हुन । रमणिय स्थल भकुण्डेबेशीमा छायाँङकन गरिएको भिडियो हेरेर आँशु खसेको अभिनेत्री न्यौपानेले बताएकि छन । तिला खतिवडाको प्रस्तुतिमा बनेको भिडियोलाई द बेभ डिजिटल यूट्युव बाट सार्बजनिक गरिएको हो ।