देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल शिक्षक संघ बागमती प्रदेशको दोस्रो अधिवेशन आजदेखि सुरू, १३ जिल्लाबाट सहभागिता

देशान्तर

काठमाडौं । हेटौंडामा नेपाली कांग्रेस निकट संगठन नेपाल शिक्षक संघ बागमती प्रदेशको दोस्रो अधिवेशन शनिबारदेखि सुरु भएको छ ।

सोही अधिवेशको उद्घाटन नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले गर्नुभएको हो ।

सोही अधिवेशनलाई उद्घाटन गर्दै यो स्थितिबाट देशलाई मुक्त गर्न कांग्रेसले नै नेतृत्व गर्नुपर्ने उहाँले बताउनुभयो । कांग्रेसको नेतृत्वमा देशको चरम आर्थिक संकटबाट पार लगाउन नसकेमा कांग्रेस नालायक हुने उहाँको तर्क थियो ।

नेपाल शिक्षक संघको दोस्रो अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाबाट शिक्षकहरु सहभागिता भएका छन् । सोही अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने उपसभापति गुरूङले बताउनुभयो । अधिवेशन आइतबारसम्म संचालन हुने भएको छ ।