देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कविता: प्रिय ऊ


प्रिय ऊ

 

मेरो छाती उसका लागि मैदान जस्तै हो,

उ त्यसमा लुटुपुटु पर्छे, खेल्छे मस्त सँग

जसरी बच्चा भाँडाकुँडी सँग खेल्छ!

मेरो छाती उसका लागि दुख बिसाएर

थकाइ मार्ने चौपारी पनि हो

उ त्यसमा कुराहरु पोख्छे, गुनगुनाउछे

जसरी एउटा भरिया चौपारीमा

सुस्केरा सँगै आफ्नो दुख टेकाउछ!

उ त्यसमा निदाउछे, पोखिन्छे, चिथार्छे,रुन्छे

मानौं उसका लागि मेरो छाती

उस्को आफ्नो बिस्तारा हो।

अहँ, उ मान्दिने केही अप्ठ्यारो पनि

मानौ मेरो छाती उस्को आफ्नो हो,

उस्कै जिबन हो।

जहाँ उ निधर्क्क छे, निडर छे!

उसको गुनासो अनि रिस पोख्ने

ठाउँ पनि हो मेरो छाती,

मेरो छाती सँग उस्को गहिरो लगाब छ!

माया पनि छातीमा अडिएका

छालहरुको संगम पनि हो,

जहाँ उ कतैबाट मिल्न आइरहेकी छे

जसरी खोला समुन्द्र सँग

लामो यात्रा पछि मिल्न आएको हुन्छ ।

मुटु पनि छाती मै उफ्रीन्छ

दुख सुख छातिभित्रै पोखेको हुन्छ!

र उ मेरो मुटु हो जो छातीमा अडिएको छ।