देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बागमती सरकारबाट बाहिरियो एमाले

'अब सशक्त प्रतिपक्षको भूमिकामा रहने, मुख्यमन्त्रीलाई विश्वासको मत नदिने'

देशान्तर

काठमाडौं– नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार हेटौंडामा जारी प्रदेशसभा बैठकमा बोल्दै एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकार छाडेको घोषणा गरेका हुन्।

करिब साढे २ महिना सरकारमा रहँदा आफूहरुले सम्हालेको चारवटै मन्त्रालयले उल्लेख्य सुधारको काम गरेको उनले दाबी गरे ।

उनले एमाले अब सशक्त प्रतिपक्षको भूमिकामा रहने भन्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने जानकारी गराए ।

केन्द्रीय सत्ता समीकरणमा नेकपा माओवादी केन्द्रले विश्वासघात गरेको कारण माओवादी केन्द्र नेतृत्व रहेको बागमती प्रदेश सरकारलाई दिएको विश्वासको मत फिर्ता लिँदै सरकार छाडेको थपलियाले बताए ।

माओवादी अध्यक्ष प्रचण्डले खोला तरेको तर लौरो बनेर साथ दिएको एमालेलाई बिर्सेर राजनीतिक बेइमानी गरेको थपलियाले बताए ।

प्रधानमन्त्रीले देशी विदेशीको प्रभावमा परेर सत्ता समीकरण भत्काएको भन्दै उनले त्यसको विरुद्धमा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको बताए ।