देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मनमोहक स्थल, आकर्षक गन्तब्य: होप्पी ल्याण्ड एम्युजमेन्ट तथा वाटरपार्क


काठमाडौं– रिङरोड बाहिर जम्मा ३ किलोमिटर पर यौटा रमणिय स्थल छ । पूर्ण पारिवारिक वाताबरणको मनमोहक स्थल होप्पी ल्याण्ड एम्युजमेन्ट तथा वाटरपार्क ।

पार्क भित्र छिरेपछि दिनभर रमाइलोमै त बित्छ नै साँझमा पनि रिसोर्टमा बसेर आनन्द लिन सकिन्छ । ६ बर्ष अघि ५० रोपनि जग्गामा शुरु गरिएको यो पार्कमा हरेक वर्ष नयाँ नयाँ गेमिङ प्याकेज संगै दृश्यावलोकनका नयाँ चिजहरु थपिने गरेको प्रवन्ध निर्देशक सुदन बस्नेतले जानकारी दिएका छन् ।

कोराना कालभर बन्द गरिएको होप्पी ल्याण्ड एम्युजमेन्ट तथा वाटर पार्क यस बर्ष फागु पूर्णिमाको दिन देखी खुला गरिएको हो ।

नयाँ गेम संगै सुबिधा सम्पन्न रिर्सोट र भुतघर सहित यसबर्षको सिजन शुरु गरेको पार्कमा देश बिदेशकै पर्यटक समेत आउने र पार्कको आनन्द लिने गरेका छन् ।

शुक्रवार र सनिवार अन्य दिन भन्दा बढि अबलोकनकर्ताको चाप हुने गरेको होप्पी ल्याण्ड एम्युजमेन्ट तथा वाटर पार्क ब्यबस्थापनले साँझमा झिलिमिली लाईटिङ सहितको मनमोहक वातावरण बनाउदा दर्शक लोभिने गरेका छन् । यहाँ आइतवार भने बिदेशीहरु अलि बढि पुग्ने गरेका छन् ।

मनोरन्जन संगै पारिवारिक घुमघामको लागि उपयुक्त गन्तब्य होप्पील्याण्ड एम्युजमेन्ट तथा वाटर पार्कमा राईडिङ, स्विमिङ अन्तराष्ट्रिय गेमिङको मज्जा लिन त पाइन्छ नै जुराशिक सफारी घुम्दा कृत्रिम डाइनोसरले आवाज निकाल्दै गरेको सुन्दा अनि देख्दा जंगलमा साँचिकै डाइनोसर देखेको आभास हुन्छ । बिभिन्न अन्तराष्ट्रिय स्तरका स्लाडीङ र भिआर लगायत जीप लाइनको समेत मज्जा लिन सकिन्छ । 

परिवारका सदस्यहरु, बिद्यार्थीहरु, देश बिदेशका पर्यटकहरु लक्षीत होप्पी ल्याण्ड एम्युजमेन्ट तथा वाटरपार्कमा रिसोर्टमा बस्न जाने जोडीहरुका लागि ७ हजारको प्याकेजमै पार्किङको सुबिधा सहित ब्रेकफास्ट र डिनर समेत उपलब्ध गराएको प्रवन्ध निर्देशक बस्नेतले जानकारी दिएका छन् ।

७ सय ५० को टिकट काटेर पार्क भित्रका सम्पूर्ण सुबिधा उपभोग गर्न पाइने होप्पी ल्याण्ड एम्युजमेन्ट तथा वाटरपार्कले ६५ बर्ष माथीका जेष्ठ नागरिक र ३ वर्ष मुनिका बालबालिकालाई निशुल्क प्रबेश दिने गरेको छ भने  स्थानियका लागि बिशेष छुट दिने गरेको छ ।

 

कृतिपुरको वडा नम्बर ६ चोभार स्थित यो पार्क चलचित्रका गीत र म्यूजिक भिडियो खिच्नका लागि पनि उपयुक्त लोकेशन पनि हो । यहाँ अफ सिजनमा चलचित्रका केहि गीत र धेरै म्यूजिक भिडियोको पनि छाँयाङकन भैसकेका छन । एक पटक पुगेपछि बिदा मनाउन ,रमाइलो भेटघाट गर्न वा स्विमिङ र गेमिङका शौखिनहरुले होप्पी ल्याण्ड एम्युजमेन्ट तथा वाटरपार्कलाई पटक पटक छान्ने गरेका छन् ।