देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्ववियु निर्वाचन: बैतडीमा नेविसंघको क्लिनस्विप

देशान्तर

काठमाडौँ– सुदूरपश्चिमाञ्चल विश्वविद्यालय(सुप) अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा बैतडीमा नेपाल विद्यार्थी संघले क्लिन स्वीप गरेको छ । यहाँका तीनवटै क्याम्पसमा कांग्रेसनिकट नेविसंघले जित हात पार्दै क्लिन स्वीप गरेको हो ।

पाटन बहुमुखी क्याम्पसमा नेविसंघबाट सभापतिका उम्मेदवार भागरथी भट्ट विजयी भएका छन् । भट्टले ८९ मत ल्याउँदा उनका प्रतिष्प्रधी अनेरास्ववियुका निरन्जन पन्तले ७४ मत मात्रै पाए । यस्तै स्वतन्त्र उम्मेदवार अमरराज भट्टले ५० मत प्राप्त गरे ।

सचिवमा एकीकृत स्वतन्त्र विद्यार्थी युनियनका भोजराज अवस्थी ८६ मतसहित निर्वाचित भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियु क्रान्तिकारीका रामदत्त भट्टराईले ६३ मत ल्याएका छन् ।

कोषाध्यक्षमा अनेरास्ववियुका दिलेन्द्रसिंह ठगुन्ना ८३ मतसहित विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी अखिल क्रान्तिकारीकी भुवनेश्वरी कठायतले ७४ मत ल्याइन् । सदस्यहरूमा अनेरास्ववियुका रोशन पाण्डे १०१ मत, दिपकसिंह ऐर ९६ मत र चन्द्रावती भट्ट ८७ मत ल्याएर विजयी भएका छन् ।

यस्तै नेविसंघका मीना भट्ट ९५ मत, कल्पना विक ८८ मत र बेबिना जोशी ९३ मत ल्याएर सदस्य पदमा निर्वाचित भएका छन् ।

उता सदरमुकामस्थित जगन्नाथ बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलै विजयी भएको छ । सभापतिमा नेविसंघका धनी भट्ट १२० मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी अनेरास्ववियका योगेश मौनीले ३६ मतमात्रै पाए ।

सचिवमा नेविसंघकै किशोरराज पन्त (११८), कोषाध्यक्षमा ममता भट्ट (११०), सदस्यमा पनि नेविसंघकै गिता बोहरा, ललिता चन्द, र विन्दु कुमारी बडु विजयी भइन् ।

यस्तै मणिलेक क्याम्पस मेलौलीमा स्ववियु सभापतीमा नेवि संघको प्यानलै विजयी भएको छ ।

अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच भएको गठबन्धनलाई पराजित गर्दै नेविसंघको प्यानलै विजयी भएको हो। सभापतिमा नेविसंघका नवराज भट्टले ७० मत ल्याएर जित हात पारे । उनका प्रतिष्प्रधी अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच भएको गठबन्धनका साझा उम्मेदवार धनीदत्त भट्टले ४४ मत मात्रै प्राप्त गरे ।

सचिवमा नेवि संघका निरज भट्ट वियजी भए। कोषाध्यक्षमा पनि नेवि संघकै सुशीला नेगी विजयी भइन् । सदस्यमा नेवि संघकै पूजा चन्द, दिनेश सिंह साउद, सुनिता भट्ट र मनोजदत्त ओझा विजयी भए ।

नेविसंघका अध्यक्ष कपिल केसीले यसलाई जिल्लामा नेविसंघको ऐतिहासिक जित भएको बताएका छन् ।