देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फागुनमा मात्रै रोजगारीका लागि विदेशिनेको संख्या ६१ हजार भन्दा बढी, साढे १३ हजार अदक्ष

देशान्तर

काठमाडौं । एक महिनाको अवधिमा कामको खोजीमा विदेशिने नेपालीहरुको संख्या ६१ बढी नाघेको छ ।

एक महिनाको अवधिमा मात्र हजार ८४५ जना नेपाली विदेशिएका वैदेशिक रोजगार विभागले जनाएको छ । विदेशिने संख्या फागुनमा अघिल्लो महिना (माघ)को तुलनामा भने केही कम देखिएको छ ।

माघमा ६४ हजार २८४ जना युवा विदेशिएका थिए । यो नयाँ श्रमस्वीकृति तथा पुनः श्रम स्वीकृति लिनेसमेतको संख्या हो । फागुनमा ५६ हजार ७१९ जना पुरुष र ५ हजार १२६ जना महिला कामको खोजीमा विदेशिएका छन् ।

यस अवधिमा म्यानपावर एजेन्सीमाफर्त २९ हजार २८८ जना युवा विदेशिएका छन् । व्यक्तिगत रुपमा जाने नयाँ कामदारको संख्या ५ हजार ५३६ जना छन् ।

जीटूजीमार्फत २ हजार १७० जना युवा विदेश गएका छन् । व्यक्तिगत रुपमा पुनः श्रम स्वीकृति लिनेको संख्या भने २४ हजार ८५१ जना रहेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार नेपालबाट विदेशिने युवामध्ये फागुनमा अधिकांश युवा दक्ष योग्यताका छन् भने फागुनमा विदेशिनेमध्ये ४२ हजार ७१८ जना युवा ‘दक्ष’ छन् ।