देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कारकेड बिनानै राष्ट्रपति पाैडेलले गरे कुमारीकाे दर्शन

सडकमा हिँडेका सर्वसाधारणले पत्तै पाएनन्

देशान्तर

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल शनिबार बसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गरेका छन् । अपरान्ह कुमारी घरमा दर्शन गर्न जाँदा कारकेड बिनानै उनी त्यहाँ पुगेर कुमारीको दर्शन गरे ।

कुमारीकाे दर्शन गर्न जाँदा सडक खाली गराएर जाने परम्परा उनले तोडेका छन् ।राष्ट्रप्रमुख भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार राष्ट्रपति पौडेल दर्शन गर्न गएका हुन् ।

राष्ट्रपति त्यहाँ जाँदा सडककाे गतिविधि यथावत थियाे ।सडकमा सवारी साधन सामान्य रुपमा गुडिरहेका थिए भने पैदलयात्रुलाई पनि रोकिएको थिएन । राष्ट्रपतिको सवारीका बेला सडक  खाली गराइएको र सर्वसाधारणलाई हिँड्न पनि नदिएको भन्दै विगतमा आलोचना हुने गरेको थियो ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल पशुपतिनाथको दर्शन गर्न जाँदा सडक खाली गराइएको थियो त्यतिबेला र उनको पनि आलोचना भएको थियो । कुमारीको दर्शनपछि राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुका साथै कुमारी घरमा चियापान गरेर फर्केका थिए ।