देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इमरान खानलाई पक्राउ गर्न प्रहरी घरमा प्रवेश

देशान्तर

एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न प्रहरी उहाँको घरमा प्रवेश गरेको छ ।

अदालतले पक्राउ पुर्जी जारी गरेपछि यसअघि गएको हप्ता पनि प्रहरी लाहोरमा रहेको खानको घरमा पुगेको थियो । तर खानका समर्थकले रोकेपछि प्रहरीले दुई दिनसम्म प्रयास गर्दा पनि पक्राउ गर्न सकेन ।

त्यसपछि खानले १८ मार्च अर्थात आज आफैं अदालतमा हाजिर हुने बताएपछि प्रहरी फर्किएको थियो । तर आज पनि खान अदालतमा हाजिर नभएपछि प्रहरी उहाँको घरमा पुगेको बीबीसी जनाएको छ ।

आज पनि खानको घरभित्रबाट उहाँका समर्थकहरुले प्रहरीमाथि गोली चलाइरहेका प्रहरीको दावी छ ।

राजकीय उपहार पाएका सामग्री गैरकानुनी रुपमा बिक्री गरेको तथा महिला न्यायाधीशमाथि गैर न्याययिक टिप्पणी गरेको अभियोग खानमाथि लागेको छ ।

यसैबीच खानले एउटा भिडियो सन्देश जारी गरेर आफू अदालत गइरहेको भए पनि दुर्घटनाबस उपस्थित हुन नसकेको उल्लेख गर्नुभएको छ ।

ट्वीटरमा १३ सेकेण्डको भिडियो पोष्ट गर्दै उहाँले अदालतमा आफू उपस्थित हुँदाको सुरक्षाबारे चिन्ता व्यक्त गर्नुभएको छ ।