देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ चयन

देशान्तर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको उपनेतामा उपाध्यक्ष बुद्धिमान तामाङ चयन भएका छन् ।

शनिबार बसेको पार्टी संसदीय दलको बैठकले तामाङलाई संसदीय दलको उपनेता चयन गरेको हो । प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन् ।

तामाङ समानुपातिक पद्धतिबाट प्रतिनिधिसभा सदस्य चयन हुनुभएको थियो । राप्रपा संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन नै रहेका छन् ।

शनिबार बसेको बैठकले संसदीय दलको विधान पनि पास गरेको नेता तामाङले जानकारी दिनुभएको छ ।