देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेतृत्वका लागि उठेका उम्मदेवार कुर्सीमा सिमित छन्ः नीर शाह

देशान्तर

काठमाडौं । वरिष्ठ कलाकार नीर शाहले कलाकार, कलाकार संघ र नेपाली समाजबीचको त्रिकोणात्मक सम्बन्ध नराम्रो बन्दै गइरहेको भन्दै आपत्ति जनाउनुभएको छ ।

शनिवार काठमाडौंमा जारी नेपाल चलचित्र कलाकार संघको १९ औं साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कलाकारहरु समाजमा आफ्नो गरिमामय उपस्थिति जनाउन कलाकार, कलाकार संघ र नेपाली समाजबीचको सम्बन्धका कारण सक्षम भएपनि बिस्तारै सबैले आफ्नो भुमिका बिर्सिंदै गएको बताउनु भयो ।

उहाँले कलाकार, कलाकार संघ र समाजबीच पछिल्लो समय दरार उत्पन्न भइरहेको भन्दै सबै मिलेर यसलाई समाधान गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै चलचित्र निर्माता संघका अध्यक्ष एवं नेपाल चलचित्र कलाकार संघका निःवर्तमान अध्यक्ष नवल खड्काले राष्ट्रिय चलचित्र नीतिको कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले चलचित्र सम्बन्धी कानून बनाउन नसकेको भन्दै आपत्ति जनाउनु भयो ।

त्यस्तै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले अहिलेको नेतृत्वका लागि दाबेदारहरु कुर्सीका लागि मात्रै आएको आरोप लगाउनु भयो । उहाँले नयाँ आउने नेतृत्वलाई आफ्नो अभाव खड्किन नदिनेगरी काम गरेर देखाउन आग्रह गर्नुभयो ।

त्यस्तै महासचिव पदका उम्मेदवार सविन श्रेष्ठले आफूले जितेपछि कलाकार संघमा रोकिएका कामहरुलाई तिब्र गतिमा अघि बढाउने बताउनु भयो । उहाँले अबको नेतृत्वका लागि दुवै प्यानल सक्षम भएपनि जितेपछि चलचित्र विकासका लागि काम गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै कलाकार सुशील पोखरेलले कलाकार संघले सबैको सहयोग गर्नुपर्छ भनेर कल्याण कोष खोलेपछि वास्तविक पीडित कलाकारहरुलाई आवश्यक सहयोग गर्न नसकिरहेको गुनासो गर्नुभयो । उहाँले अहिलेको श्रोत, साधनले मात्रै कलाकारहरुको सहयोग नपुग्ने तर काम जारी रहेको बताउनु भयो ।

त्यस्तै नेपाल चलचित्र कलाकार संघमा स्वतन्त्र महासचिवमा उम्मेदवारी दिनुभएका उत्तम केसीले कलाकाकर पार्टीको हुनु नहुने बताउनु भयो । उहाँले कलाकारहरु विभाजित बन्नु नहुने र कलाकारहरुलाई संघले एकतावद्ध गर्नुपर्ने बताउनु भयो ।

उहाँले चलचित्र कलाकार संघमा बेथिति, विसंगति रहेकाले त्यसको बिरुद्धमा आफू रहेको बताउनु भयो । उहाँले नयाँ र पुराना कलाकारबीचमा रहेको भेदभावलाई हटाउनुपर्ने बताउनु भयो ।