देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै, लिग विजेताले ७५ लाख पाउने

देशान्तर

काठमाण्डौ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् ।

लिगको पाँचौँ चरणको अन्तिम तीन खेल फरक फरक मैदान हुने छ । एक खेल च्यासल मैदान र दुई वटा खेल दशरथ रङ्गशालामा हुनेछ ।

च्यासलमा हुने खेलमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लब दिउँसो साढे २ बजे खेल्दैछन् । त्यस्तै दशरथ रङ्गशालामा दिउँसो साढे २ बजे नेपाल पुलिस क्लब र न्युरोड टिम एनआरटी तथा बेलुका साढे ५ बजे मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लबबीच खेल हुनेछ ।

यस सिजनको ‘ए’ डिभिजन लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।