देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेयर बजार ५.३२ अंकले गिरावट

देशान्तर

काठमाडौं– साताको अन्तिम कारोबार दिन शेयर बजार बिहीबार पनि गिरावट आएको छ। बुधबार १४.४४ अंकले गिरावट आएको नेप्से बिहीबारको कारोबार सकिँदा ५.३२ अंकले गिरावाट आउँदै नेप्से परिसूचक १९३३ मा आइपुगेको छ ।

बिहीबार ११९ वटा कम्पनीको मूल्यमा गिरावाट आएको छ भने ९२ कम्पनीको मूल्य बढेको छ । त्यस्तै, ३ वटा कम्पनीको मूल्य भने स्थिर रह्यो ।

बिहीबार धेरै मूल्य बढ्ने कम्पनीमा यूनिक नेपाल लघुवित्त, शुभम् पावर लिमिटेड, लिबर्टी इनर्जी, किसान लघुवित्त संस्था रहेका छन् ।

यस्तै, धेरै गुमाउनेमा लक्ष्मी लघुवित्त, नयाँ सारथी लघुवित्त, प्रभु जीवन बीमा, ग्रीन विकास बैंक, सानीमा ग्रोथ फण्ड रहेका छन् ।