देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जिपीके फाउण्डेशनका कार्यहरू उत्कृष्ट : राणा

देशान्तर

अमेरिका । वरिष्ठ पत्रकार तथा देशान्तर मिडिया ग्रुपका अध्यक्ष एवं प्रधान सम्पादक कबिर राणाले जिपी कोइराला फाउन्डेशनले नेपालको हितमा काम गरिरहेको बताएका छन् ।

फाउन्डेशनको कार्यालय उडसाईड न्युयोर्कमा पुगेका राणाले फाउन्डेशनका पदाधिकारीसँगको भेटघाटमा स्व. गिरिजावावुको स्मरणमा खोलीएको फाउन्डेशनको गतिविधि आफुले शुरू देखि नै नियालीरहेको र विशेषगरी अमेरीका च्याप्टरले कोरोनाकहर देखि अहिलेसम्म गरेका सामाजिक कार्यको आफुलेमात्र नभै सारा विश्वले नै उच्च प्रशंसा गरिरहेको बताए । गिरिजा वावुको दृढ अडान र आत्म विश्वासको कारणले नेपालमा ऐतिहासिक जनआन्दोलन सफल भै गणतन्त्र स्थापना भएको र हालका दिनहरूमा दलहरूमा एक अर्काप्रति राजनैतिक अविश्वास पैदा भएका कारणले कतै गणतन्त्रनै संकटमा पर्ने त होइन भनि चिन्ता ब्यक्त गरे ।

पत्रकार राणाले फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेलाई २०४५ सालको जनआन्दोलन देखि नै चिनेको बताउँदै उनको पनि प्रशंसा गरे । राणालाई फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले कार्यालयमा स्वागत गरेका थिए ।

सो अवसरमा फाउन्डेशनका कार्यसमिति सदस्प्रवक्ता रामचन्द्र अधिकारी, कार्यसमिति सदस्य सुर्य सिंखडा, प्रेम अधिकारी क्षेत्री, ध्रुव कुँवर क्षेत्री, समाजसेवी एवं नेपाली कांग्रेसका नेता आदित्य महर्जन,विद्यार्थी नेतृ कंचन राणा, एन.आर.एन. अमेरिका न्युयोर्क च्याप्टरका वरिष्ठ उपाध्यक्ष शोभा कान्त पाण्डे, एन.आर.एन. अमेरिका न्युयोर्क च्याप्टरकी पुष्पा बस्नेत लगायतको उपस्थिति रहेको थियो।

अध्यक्ष घिमिरेले पत्रकार राणालाई आफ्नो भ्रमणको व्यस्त समयका बाबजुद फाउन्डेशन परीवारलाई माया गरी फाउण्डेशनले गरेको कार्यहरुको अवलोकन गरेकोमा धन्यवाद दिएका थिए ।