देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आइसीसी विश्वकप लिग–२ मा आज नेपालले युएईको सामना गर्दै

देशान्तर


जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा आज नेपालले युएईको सामना गर्दैछ । दुबई इन्टरनेसनल स्टेडियममा नेपालले घरेलु टोली युएईसँग हुने खेल नेपाली समयअनुसार बिहान ११ः ४५ बजेबाट सुरु हुनेछ ।

नेपाल र युएईले एक अर्काविरुद्ध खेल्दा दुबैको लिग–२ मा समान ३२ औँ खेल हुनेछ । आजको खेलमा युएईविरुद्ध जित हात पारे नेपाल लिग–२ को पाँचौ स्थानमा उक्लिने छ । सिरिजको तेस्रो खेलमा आइतबार युएईले पपुवा न्यूगिनीसँग पराजित भएपछि युएई ३१ खेलबाट ३१ अंकमै सिमित हुनु परेको थियो ।

अंक तालिका अनुसार युएई पाँचौ तथा नेपाल छैटौँ स्थानमा रहेका छन् । आजको खेलमा जित हात पारे नेपालको ३२ अंक हुनेछ र नेपाल पाँचौ स्थानमा उक्लिनेछ ।