देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गौतमबुद्ध विमानस्थलबाट पुःन अन्तरराष्ट्रिय उडान

आज चार्टर्ड उडान हुने

देशान्तर

भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट पुःन अन्तरराष्ट्रिय उडान शुरू हुने भएको छ । पुसदेखि अन्तरराष्ट्रिय उडान बन्द रहेको उक्त विमानस्थलबाट पहिला नियमित उडान गर्दै आएको जजिरा एयरवेजले पुःन उडान गर्ने भएको हो । जजिराको उडान सुरु गर्नु पुर्व आज चार्टर्ड उडान गर्दै छ ।

उक्त विमानस्थलमा क्यानेडेली एयरलाइन्सले चार्टर्ड उडान गर्ने विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारि दिनुभयो । दाहालका अनुसार मौसममा सुधार र अन्य प्राविधिक कुरामा सुधार भएसँगै जजिरा एयरवेजले उडान गर्ने समय मागेको छ ।

जजिराले फागुन २५ गते बिहानदेखि उडान गर्नेछ । अहिले आन्तरिक उडान मात्रै हुँदै आएको उक्त विमानस्थलबाट जजिरा एयरवेजले मंगलवार, बिहीवार र शुक्रवार उडान गर्नेछ । यसअघि पनि जजिराले सातामा तीन उडान गर्दै आएको थियो । मौसम प्रतिकूलताको कारण उक्त एयरलाइन्सले गौतमबुद्ध–कुवेत उडान रोकेको थियो ।