देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका शाह नियुक्त

देशान्तर

धनगढी-सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कमल बहादुर शाह नियुक्त भएका छन्।प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

 कैलाली निर्वाचन क्षेत्र नं २ को प्रदेशसभामा प्रत्यक्ष निर्वाचित शाहलाई साँझ प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। यसअघि प्रदेशसभाको आजको बैठकमा विश्वासको मत अस्वीकृत भएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश प्रमुखसमक्ष साँझ राजीनामा दिएका थिए । रावल एमाले संसदीय दलका नेता हुन् ।

त्रिपन्न सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक १०, नेकपा (एमाले) का १०, नागरिक उन्मुक्तिका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् ।