देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अब सुदूरपश्चिममा कांग्रेसको नेतृत्वमा सरकार बन्ने

देशान्तर

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएको छ ।कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह छन् । अब उनको नेतृत्वमा सुदूरपश्चिममा नयाँ सरकार गठन हुनेछ । अब संविधानको उपधारा (३) बमोजिम कांग्रेस संसदीय दलका नेता शाहलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने छन् ।

सुदूरपश्चिममा १९ सांसदसहित कांग्रेस सबैभन्दा ठुलो दल छ । कांग्रेसलाई पनि विश्वासको मत पाउन नाउपा र एकीकृत समाजवादीको समर्थन आवश्यक हुने छ ।एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावल पदमुक्त भएपछि अब प्रदेशसभाको सबैभन्दा ठुलो दलको हैसियतले कांग्रेसलाई सरकार बनाउन बाटो खुलेको हो । विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवाद का ४ र १ स्वतन्त्र सदस्य छन् ।

नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले आज विश्वासको मत नपाएपछि स्वतः पदमुक्त भएका छन् । सरकार गठन भएको एक महिनामै सत्ता घटक नागरिक उन्मुक्ति पार्टीले साथ छाडेपछि सुदूरपश्चिमबाट सात दलीय गठबन्धनको सरकार ढलेको हो ।

प्रदेश सभा बैठकमा रावलले विश्वासको मतका लागि गरे प्रस्ताव महुमतले अस्वीकृत भएको थियो ।एमाले संसदीय दलका नेता रावल पुस २७ मा एमालेका १० माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र १ राप्रपा १ गरी २९ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । प्रदेश सभामा एमालेका १०, माओवादी केन्द्रका (सभामुखसहित) ११, र राप्रपाका १ गरी २२ सांसद मात्र उनको साथमा थिए। सुदूरपश्चिमबाट पुरानो गठबन्धन ब्युँतिने सम्भावना पनि देखिन्छ ।