देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारलाई तलमाथि पार्ने कोसिस गर्नु लोकतन्त्रको पक्षमा छैन : ओली

देशान्तर

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देशको विकास, सुशासन, भष्टाचार नियन्त्रण, गरिबी निवारणलगायत काम गर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले सरकारलाई तलमाथि पार्ने कोसिस गर्नु लोकतन्त्र र जनताको पक्षमा नहुने जिकिर गरे । “सकारात्मक सरकार बनेको छ । यो सरकारलाई तलमाथि पार्ने कोसिस गर्नु लोकतन्त्र र जनताको हितको पक्षमा छैन,” ओलीले भने ।

उनले नेपाली कांग्रेसले विकास नदेखेको र नसोचको आरोप समेत लगाए । “कांग्रेसले देश विकास देखेको पनि छैन । सोचेको पनि छैन । पढेको पनि छैन,” उनले भने, “मैले भनेको होइन, उहाँहरूको नीति, व्यवहारले यो कुरा देखाएको छ ।”