देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अहिलेको गठबन्धनले हामी दुःखी छौं

देशान्तर

नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले माओवादी र एमालेको गठबन्धनप्रति आफू दुःखी रहेको बताएका छन् । उनी नेकपा समाजवादीका अध्यक्ष रहे पनि अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादीस“ग मिलेर माओवादीकै चुनाव चिन्हमा उनीलगायत केही नेताहरूलाई मंसिर ४ गतेको चुनावमा उम्मेदवार बनाएका थिए । उक्त चुनाव चिन्ह लिएर उम्मेदवार बन्दा यादवमात्रै निर्वाचित भएका हुन् । हुन त अहिले उनको पार्टी माओवादीस“ग एकता गर्ने चरणमा रहेको छ । तर चुनाव अघि जुन उद्देश्यका साथ कांग्रेस नेतृत्वको गठबन्धन थियो त्यो भत्काएर प्रचण्डले एमालेस“ग मिलेर गलत गरेको उनको बुझाइ छ । उनै यादवस“ग देशान्तरकर्मी मुक्तिबाबु रेग्मीले गरेको कुराकानीको सम्पादित अंश ।

पछिल्लो राजनीतिक घटनाक्रमलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
जसरी हामीले गठबन्धन बनाएर चुनाव लड्यौँ चुनाव र सत्ताभन्दा पनि मूल्य र मान्यताको आधारमा गठबन्धन बनेको संविधानको रक्षाको लागि र यो लोकतन्त्रको बहालीको लागि विगतमा संसद्मा दुई पटकसम्म जुन प्रकारको घटना घट्यो त्यसलाई संरक्षण र संवद्र्धन गर्नको लागि यो गठबन्धन बनेको र त्यसअनुसार हामी चुनावमा गयौं र अस्वाभाविक रूपमा गठबन्धनभित्र यो घटनाहरू प्रदूषित देखियो त्यो निश्चित रूपमा दुुःखद् हो हामीले जनतालाई के भनेका थियौँ भने लामो समयसम्म यो गठबन्धन चल्छ गठबन्धनले बहुमत ल्याउँछ भनेका थियौं तर जुनजुन कुरा हामीले जनतालाई वचन दियौँ र जनताले विश्वास गरेर यहाँ ल्याए तर गठबन्धन थाहै नपाई ढल्यो ।

अहिले जुन खालको नयाँ गठबन्धन बन्यो त्यसले संविधान रक्षा गरी विगतका कुराहरू पनि माफ भए ?
हैन । विगतका कुराहरू माफभन्दा पनि जुन कुरा हामीले जनतामाझ उठायौँ । जनताबाट अनुमोदित भयो त्यो कुरामा यथास्थितिमै रहनु पथ्र्याे त्यो गठबन्धन । गठबन्धनमा जुन प्रकारको घटना घट्यो त्यो नेपाली कांग्रेसको अहम्को कारणले जुन अवस्था देखियो त्यसले प्रचण्डलाई वचन दिएको कांग्रेसले पहिलो चोटि तपाईं नै प्रधानमन्त्री हुनुहुुन्छ । दुई वर्षका लागि भन्ने सहमति तोड्ने काम नेपाली कांग्रेसले नै ग¥यो । यो कुरा त रामचन्द्र पौडेलले मिडियामा भनिसक्नु भयो यो गल्ती कांग्रेसको हो माओवादीको हैन भनेर । माओवादीले विशेष परिस्थितिमा अब मुलुकलाई एउटा निकास दिनु पर्ने थियो ।

यो स्थिति निर्माण हुनुमा कांग्रेसको अहम्ता भन्ने कि माओवादीको पदलोलुपता भन्ने ?
कांग्रेसको अहम् हो । कांग्रेसले दुईवटामा एउटा प्रधानमन्त्री प्रचण्डजीलाई दिने अनि राष्ट्रपति नेपाली कांग्रेसलाई लिने र सभामुख माधवकुमार नेपाललाई दिने कुरा त भएकै हो ।

त्यो कुरा त बन्द कोठामा भएको कुरा भयो जसरी एमाले र माओवादीको गठबन्धन बन्दै गर्दा राष्ट्रपति र सभामुख एमालेले दिने प्रधानमन्त्री माओवादीले लिने र प्रदेशहरूमा सहमति गरेर यसरी यसरी सिट बाँडफाँट त्यो जुन खुलस्त आयो नि त्यो कुराहरू किन आउँदैन नेपाली राजनीतिमा ?
नेपाली कांग्रेसले के भन्यो भने संसदीय दलको नेताको छनोट भैसकेपछि त्यतिबेला शेरबहादुर देउवाले सबैजनालाई विश्वास गरे । यो हठात् रूपमा नेपाली कांग्रेसलाई हामीले छोड्नै सक्दैनौँ दुवै राष्ट्रपति पनि छोड्न सक्दैन, प्रधानमन्त्री पनि छोड्न सक्दैन भनेर । यो गठबन्धनको मूल्य र मान्यताप्रति प्रहार गर्ने त नेपाली कांग्रेस देखियो ।

अब पहिलो पार्टी ठूलो, पार्टीले त्यति माग राख्नु त स्वाभाविकै हो भन्छन् नि ?
हैन । जति स्वाभाविक भने पनि गठबन्धन भित्रमा सबै आफ्नो सिट बाँडफाँट भयो र जुन सहमति भयो जुन १५ महिना त्यही प्रचण्डजी, त्यही माधव नेपालजी । ती दुईवटा पार्टीको समर्थनमा उहाँले प्रधानमन्त्री बनेर यत्रो नेपाली कांग्रेसको शंकामा विरोधी बनेर प्रगति भएको छ । उहाँले यो कुरा सुरुदेखि नै भन्नु भएको हो । राजनीतिमा बोली र विश्वासको कुरा होइन व्यवहारको कुरा हो । अब आज विश्वास दिलाउनेको पनि विश्वासघात ग¥यो नेपाली कांग्रेसले । यो घटना जुन घटेको छ त्यसको जिम्मेवारी सम्पूर्ण नेपाली कांग्रेसको हो । यो परिस्थिति निर्माण गर्ने पनि नेपाली कांग्रेस हो । आज पनि माधव नेपालजी त्यही हुनुहुन्छ । त्यही गठबन्धनलाई जुन उद्देश्यको हिसाबले गठबन्धन बनेको थियो त्यसलाई माधव नेपालजीले पाल्नु भएको छ ।

अहिले नयाँ गठबन्धन बनेको छ नि । यसबाट के सबै निकास निस्किन्छ । केपी ओली र प्रचण्डको बीचमा सम्बन्ध सुमधुर हुन्छ भनेर कसरी विश्वास गर्ने ?
अहिले एउटा नयाँ स्थिति निर्माण भएको छ । अब प्रतिपक्षको हिसाबले नेपाली कांग्रेस संसद्मा प्रतिपक्षमा बस्नुपर्नेछ । मलाई लाग्छ यो विश्वासको मत त नेपालको राष्ट्रिय राजनीतिमा महत्वपूर्ण छ । देशमा संविधानको रक्षा गर्नुपर्ने, संविधानको संशोधन गर्नुपर्ने, संविधानमा भएका न्यूनतम कार्यक्रमको सहमतिका विविध विषयहरू छन् । आन्दोलनका मुद्दाहरूसँग जोडिएका विषयहरू कार्यान्वयन गर्नका लागि एउटा सहमतिको वातावरण बनेको छ । यो सहमतिको वातावरणमा सबै ठाउँमा सबै दलहरूले सम्मानजनक स्थितिले अगाडि बढ्न सकियो भने यसले एउटा सहज र देशका लागि शान्ति स्थिरता कायम गर्न सक्छ ।

अहिलेको अवस्थामा कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिनु भनेको एमालेलाई तर्साउन भनिन्छ । यसमा तपाईंलाई के लाग्छ ?
हैन, हैन । तर्साउनका लागि त गरेकै हैन । नेपाली कांग्रेस जस्तो एउटा सबैभन्दा ठूलो पार्टील योे सरकारलाई सही र सरल ढंगले देश, जनता र राष्ट्रको हितमा र संविधान रक्षाको लागि नै दिएको हो । सबै दलहरूले आफ्नो लिखित प्रतिबद्धता पनि मत दिँदा जनाएकै हो । खबरदारी पनि गरेकै हो । नेपाली कांग्रेसले विगतमा संसद्मा पनि यस्ता देखाएकै हो । चाहे मनमोहन अधिकारीको समयमा होस् चाहे सुशील कोइरालाको समयमा नै किन नहोस् ।

देशको विशेष परिस्थिति त्यतिबेलाको र अहिलेकोमा धेरै फरक छ नि । मनमोहनको पालामा विश्वासको मत नदिँदा मध्यावधिमा जानुपर्ने अवस्था थियो । सुशील कोइरालाको पालामा संविधान बनाउन तपाईं एकै ठाउँमा हुनुहुन्थ्यो तर यतिबेला त संविधान बनाउनुपर्ने पनि छैन सबै कुराहरू छ नि त ?
हैन, हैन । अहिले त्योभन्दा पनि विशेष परिस्थिति छ । किनकि यो पाँच वर्षमा संविधानको जुन प्रकारका ऐन, नियम, कानुन बनाउनुपर्ने, जुन अधिकारहरू प्रतियोजन गर्नुपर्ने प्रदेशहरूको अधिकारलाई व्यवस्थित गर्न र प्रदेशको मार्फत दस्ता ल्याउनुपर्ने जुन प्रकारको पाँच वर्षमा आउन सकेन । एमालेको सरकार हुँदा केही कामै भएन । यो संसद् लामो समय अवरुद्ध भयो । त्यसकारण विभिन्न परिस्थितिमा जे–जे विगतमा भयो त्यसलाई समीक्षा गर्दै अहिले राष्ट्रिय सहमतिको वातावरण बनेको छ । यसले मुलुक, राष्ट्र र देशलाई सबै क्षेत्रमा एउटा महत्वपूर्ण घडी हो । यसमा सबै दलहरूको जुन प्रकारको वातावरण छ यसलाई पार्टीको स्वार्थभन्दा राष्ट्र र जनताको स्वार्थलाई हेरेर यो संविधानलाई कसरी कार्यन्वयन गर्न सकिन्छ त्यतातिर लाग्नुपर्छ । यो संविधानमा सर्वसम्मत कसरी बनाउने मूल समस्या हो । यसलाई कसरी कार्यान्वयन गर्ने त्यसमा ध्यान दिनुपर्छ । संघीयता लोकतन्त्र र गणतन्त्रलाई कसरी जोगाउन सकिन्छ । यसलाई बचाउन सबै दलहरूको साझा एजेन्डा र संविधानमा भएको कारणले यो कुरामा ध्यान दिनुपर्ने हुन्छ र सबै दलहरूले आफ्नो आफ्नो हैसियतको हिसाबले सबैले केही न केही ठाउँ पाउनु पर्दछ । यो सहमतिको विश्वासको मत हो ।

सभामुख र उपसभामुख चयनमा जुन भूमिका देखाउनु पथ्र्यो त्यो भएन । अब उहाँको परीक्षा राष्ट्रपतिको चुनावको लागि हुँदैछ । अब त्यो अवस्थामा पनि भएन भने राष्ट्रिय सहमति भन्ने चाहिँ एउटा शब्द मात्र हुने भयो हैन ?
मलाई लाग्छ कि ठीकै हो । सभामुख, सभामुख एउटा समझदारी गर्नुपर्ने थियो । अब राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुँदैछ । त्यहाँ सबै दलहरूले मिलेर नेपाली कांग्रेस ठूलो पार्टी हो । दलहरूले एउटा विश्वास लिएको छ त्यो विश्वासलाई कसरी राख्न सकिन्छ त्यो सबैको साझा विषय हो ।

भनेपछि तपाईंहरूको भित्री मनसाय नेपाली कांग्रेसलाई राष्ट्रपति दिँदा हुन्छ भन्ने हो ?
हैन । हाम्रो मनसायभन्दा पनि अहिलेको विशेष जुन परिस्थिति छ र जुन प्रकारको समर्थन छ नेपाली कांग्रेसलाई लिएर हाम्रो स्वार्थ भनेको त यो संविधान संशोधनमा जोडिएको हो । विगतमा उठेको मुद्दाहरू जुन छन् अब तिनीहरूलाई संशोधनको प्रस्ताव गर्दा त्यतिबेला एमालेले मत नै हालेन । कांग्रेस र माओवादीले मत हाले अब एमालेको कारण गर्दा संविधान संशोधन नै हुन सकेन । हामीले लामो समयसम्म एमालेको सरकारलाई समर्थन गर्याैँ । दुईतिहाइको सरकारले सबैले सम्बोधन गर्छ । हाम्रो स्वार्थ भनेको यी दलहरूको विरुद्धमा हाम्रो साझा स्वार्थ भनेको यो संविधान जुन अधुरो छ । अपूरो छ । यसलाई सर्वसम्मत बनाउनका लागि हामीले उठाउँदै आएका मुद्दाहरू महत्वपुर्ण कुरा हो । दोस्रो कुरा देशमा शान्ति राजनीतिक स्थिरता र सुशासन नेपाली जनताले खोजेको मूल विषय यो हो । त्यसकारण कुन दलले के पाउने त्यो सम्बन्धित दलहरूले गर्ने हो । हाम्रो त यो संविधानको कार्यान्वयनको सवाल महत्वपूर्ण सवाल हो ।

एमालेले त जुन उम्मेदवार हामीले उठाउँछौँ त्यो मात्रै राष्ट्रिय सहमतिको उम्मेदवार हो । कांग्रेसलाई हामी चिन्दैनौँ भन्छ यसरी त कसरी राजनीति अगाडि बढ्छ ?
कांग्रेसले नचिन्ने भन्ने त २६७ मतले प्रमाणित गरिसक्यो नि । अनि संसद्मा उफ्रीउफ्री समर्थक दिएकोमा कांग्रेसलाई धन्यवाद दिने दलहरूले यसले राम्रो काम ग¥यो । प्रतिपक्षमा बसेन उसले आफ्नो भूमिका प्रतिपक्षका गुण दोषको आधारमा सरकारलाई समर्थन गर्छ । अहिले विकासको लागि हो । देशको लागि हो । कांग्रेसको समर्थन कुनै स्वार्थभन्दा पनि मलाई लाग्छ कि मुलुकमा राजनीतिक स्थिरताको लागि हो । नेपाली जनताले खोजेको विगतमा पनि बहुमतको सरकार चलाउन सकेन । अहिले एउटा राष्ट्रिय सहमतिको वार्तामा यसलाई सबैले गम्भीरताका साथ लिनु पर्छ ।

अहिलेको राष्ट्रपतिको भूमिका र तपाईंहरूले खोजेको राष्ट्रपति कस्तो हो ? कम्र्फटेबल राष्ट्रपति त्यही हो ?
हामीले खोजेको के हो भने यो संविधानमा जुन राष्ट्रपतिको अधिकार हो । संसद् नै सार्वभौम हो । संसद्ले पास गरेको सरकारले दिएको कुराहरू त गर्नुपर्ने हुन्छ । विगतका राष्ट्रपतिका भूमिका धेरै महत्वपूर्ण भएन । जानेबेलामा अरु भन्दा पनि नागरिकताजस्तो संवेदन विषयलाई राष्ट्रपतिले जुन किसिमको परिस्थिति निर्माण गर्नुभयो यो भनेको नेपालको लागि कलंक हो । त्यो गर्न दिनु हुँदैनथ्यो । संसद्को सार्वभौमसत्ता र संविधान माथिको उल्लंघन हो । हामी चाहन्छौँ कि यस्तो राष्ट्रपति होस् जसले पार्टीभन्दा माथि उठोस् । कुनै प्रकारको निर्देशन नपालोस् । यो संविधानको पालनकर्ता पनि र रक्षा गर्ने पनि राष्ट्रपति हो । जुन विगतको राष्ट्रपतिबाट संविधानको रक्षा भएन । त्यसकारणले हामी चाहन्छौँ भने राष्ट्रपति राष्ट्र, देश र जनताप्रति उत्तरदायी बनोस् भन्ने राष्ट्रपति चाहन्छ ।

अब एमालेबाट जिते भने त त्यस्तै होला त्यसले गर्दां तपाईंहरू अलिकति ट्र्याक चेन्ज गर्दै हुनुहुन्छ हैन ?
हामीले ट्र्याक चेन्ज गर्न एमालेकै व्यक्तिमाथि निर्भर पर्छ । सहमतिमा जो व्यक्ति होस् जस्तो कि एमालेकै हुनुपर्ने, माओवादीकै हुनुपर्ने, कांगे्रसकै हुनुपर्ने भन्ने नि हुन्छ र ? राष्ट्रपति कहाँ पार्टीको हुन्छ राष्ट्रपति । जो संविधानको रक्षा गर्ने, पालन गर्नेलाई व्यक्तिलाई पनि ल्याउन सकिन्छ । पार्टीभन्दा माथि ल्याउन सकिन्छ ।

नेपालको कन्डिसनमा संविधानमा आलंकारिक लेखे पनि त सक्रिय राष्ट्रपति जस्तै देखियो । विगतका जुन अभ्यास भए त्यसले गर्दा अहिले दलहरू राष्ट्रपति पदमा त्यति धेरै खिचातानीमा जुट्नु भएको हो ?
ठीक हो । अहिलेको राष्ट्रपतिले संविधान रक्षाको लागि पार्टीको जुनसुकै आउँदा खेरि के बिग्रिन्थ्यो । राष्ट्रपतिले जुन प्रकारको राजनीति गर्नुभयो त्यसरी संविधानलाई मिचेर जुन काम गर्नुभयो त्यसले संविधानको मर्म, भावना र मयार्दालाई पनि हरण गरेको छ । त्यसकारण अब यस्तो राष्ट्रपति आओस् जस्ले सबैकोे राष्ट्रपति बनोस् । एउटा पार्टीको मात्र राष्ट्रपति नहोस् हाम्रो स्वाभाविक चाहना त्यही हो ।

अब तपाईंहरूको पार्टी कहिले माओवादीसँग एकीकरण हुने ?
हिजोदेखि वार्ता सुरु भएको छ । वार्ता कमिटी दुईवटै पार्टीबाट बनेको छ । त्यसले कुराहरू अगाडि बढाउँछ । हाम्रो पार्टी त्यति बेला अलग भयो जब हामी निर्वाचनमा जाने परिस्थिति निर्माण भयो । हामी निर्वाचनमा गयौँ त्यसकारण अन्य पार्टीहरूको चुनावी समीक्षा गरेर संगठनलाई सुदृढ गरेर विगतमा पनि संरचन हुन सकेन त्यसकारण हामी सम्पूर्ण प्रक्रिया पूरा गर्छाैं ।

 तपाईंहरू त माओवादीकै सांसद हो संसदमा । त्यसकारण त्यति धेरै वार्ता गरिराख्नुपर्छ भन्ने जरुरी छ र ? तपाईंलाई दलीय ह्विप त लाग्छ नि हैन माओवादीको ?
हैन । यसमा दुईवटा अवस्था छ । ह्विप लागे पनि नलागे पनि हामीले जनताको बीचमा स्विकार गरिसक्यौँ । हामी एकता हुन्छौं । त्यसै आधारमा हामीले माओवादीकै ह्विप नियम, कानुनको पालना गर्दै जान्छौँ त्यसमा कुनै दुईमत छैन । तर जुन प्रक्रिया छ नि निर्वाचनमा त हामीले नेकपा माओवादी, नेपाल समाजवादीको बीचमा संयुक्त रूपमा चुनाव चिह्न लिएका हौँ । कानुनी प्रक्रियाबाटै हामी लडिरहेका हौं र कानुनी प्रक्रियाबाटे समाधान निकाल्छौं ।

अहिले जुन खालले मन्त्रिपरिषद् विस्तार भएको छ त्यसबाट कस्तो आशा राख्ने ?
यो गठबन्धनको सरकार हो । निराशाभन्दा पनि जो बनेको छ स्वाभाविक रूपमा देशको जुन चुनौती छ, जुन नीति र न्यूनतम साझा कार्यक्रम छ त्यस्लाई हेर्न बाँकी छ । सरकार निर्माण हँुदा जुन प्रकारको मिडियामा आएको छ त्यसको त निकै सन्तोषजनक स्थिति देखिने नै जनताले विश्वास गर्ने ठाउँ हो । त्यसैले सरकारको बारेमा अहिले धेरै टीकाटिप्पणी गर्न उचित हँुदैन ।

तपाईं गठबन्धनको दोस्रो कार्यकालमा मन्त्री हो ?
मन्त्रीको बारेमा केही फिक्स छैन । हामी त देशमा एउटा वैकल्पिक शक्तिको अभियानमा हिँडेको पार्टी हामी चाहन्छौं कि सबै चिजमा एउटा परिर्वतन होस् । जस्तो कि नामकै सवालमा हाम्रो नेकपा समाजवादी नाम नवीकरण होस् । चुनाव चिह्नको बारेमा पार्टीको झन्डा कम्युनिस्टबाट होस् । नयाँ ढंग, नयाँ समाजवादी दृष्टिकोणले जुन संविधानमा लेखिएको छ त्यस प्रकारको विचार सिद्धान्त र व्यवहार पनि लागू हुनु पर्छ । समाजवादी पार्टीभित्र सबै जनालाई त्यस प्रकारको वातावरण बनाउनु पर्छ ।

अहिलेको अवस्थामा प्रचण्ड र केपी ओलीको सम्बन्ध र उहाँहरूबीचको गठबन्धन दिगो देख्दै हुनुहुन्छ कि त्यसमा कतै समस्या देख्दै हुनुहुन्छ ?
मेरो विश्लेषणमा यो सत्ताको लागि नै हो । अहिले बीचका घटनाहरू हेर्दा खेरि त्यत्ति राम्रो देखिएको छैन ।

कम्युनिस्टहरूले प्रयोग गर्ने एउटा ‘ढाडमा टेकेर ठाउकोमा हिर्काउने’ त्यसैका लागि हैन ?
त्यसो त नभनौँ । अहिले त्यस्तो परिस्थिति छैन । खासै अहिले गठबन्धनभित्र जुन प्रकारको परिस्थिति देखिएको छ । त्यसले एउटा विशेष परिस्थितिको निर्माण भयो । मेरो विश्लेषणमा हेर्दा त्यो त्यति सरल देखिएको छैन ।

राष्ट्रपतिको चुनाव हुँदासम्म केही तलमाथि हुन सक्छ त ?
तलमाथि नहोस् भन्नु हाम्रो चाहना हो । तर उहाँहरूका आफ्नै गतिविधि वा क्रियाकलापले के हुन्छ त्यो त म भन्न सक्दिनँ । अहिले त्यहाँ सिनिअर जुनियर मिलेकै छैन । नारायणकाजी श्रेष्ठ पहिलेदेखि नै सिनियर मान्छे हो राजनीतिमा ।

तर अहिलेको गठबन्धन हेर्दा त सबै ओलि नै सर्वेसर्वा, प्रचण्ड निरीह प्रधानमन्त्री भनेर विश्लेषण गर्न थालिएको छ नि ?

त्यस्तो कसैले भनेको छैन । देशको प्रधानमन्त्री निरीह भएर कसरी चल्छ । नेपालको इतिहासमा सबैभन्दा सबल प्रधानमन्त्री प्रचण्डजी नै हुनुहुन्छ । यत्रो मत पाएका उहाँ कसरी निरीह हुन सक्नुहुन्छ ।

अहिलेको अवस्थामा प्रचण्डले प्रधानमन्त्रीबाहेक सभामुख, उपसभामुख, राष्ट्रपति पाउनुहुन्न । दुई वर्ष पछि सरकारको नेतृत्व छोड्दै गर्दा माओवादीको हातमा के रहन्छ ?
गठबन्धनभित्र सबै एउटै दलले पाउनु भनेको मलाई लाग्छ कि एमाले सबैभन्दा ठूलो पार्टी हो । सबै पार्टीले आफ्नो जनमतको हिसाबले स्थान पाउनुहुन्छ । सबैले आफ्नो सहमतिको हिसाबले जुन प्रकारको प्राप्त गर्नु भएको छ त्यो ठीकै हो । तर प्रचण्डजी त नेपालको सबैभन्दा लोकप्रिय नेता हो । यो संसद्को विश्वसनीय नेता सबैभन्दा बढी मत ल्याएर ऐतिहासिक रेकर्ड कायम गर्नुभएको छ ।

यो सरकारबाट शान्ति प्रक्रियाका बाँकी कामहरू टुंगिन्छन् भनेर आशा गर्नु भएको छ ?
शान्ति प्रक्रियाका महत्वपूर्ण कामहरू टुंग्याउनुपर्ने हो । १२ वर्ष भयो शान्ति प्रक्रिया भएन नयाँ बिचारको प्रस्तुति भएको छ यो निर्वाचन प्रणालीको बारेमा यो सबैमा पुर्न बिचार गरेर जुन सहमति बनेको छ नि राष्ट्रलाई एउटा नयाँ दिशा दिनको लागि हो ।

मधेसवादी दलहरूले त घुर्की लगाइरहेछन् अब बिना विभागीय मन्त्री भए मन्त्री तोकिँदा अहिलेसम्म पदभार ग्रहण गर्न गएका छैनन् यसलाई कसरी बुझ्ने ?
मलाई लाग्छ कि जुन गठबन्धनमा भयो त्यही अनुसार चल्नु पर्छ र लिनुपर्छ । यो सत्ताको लागि सत्तास्वार्थभन्दा मधेसी दलहरू टिक्नै सक्दैन् ।

नेपाली राजनीतिमा फलानो मन्त्री, फलानो मन्त्रालय भनेर किन वर्गीकरण हुन्छ ?
जुन सहमति उहाँहरूले गर्नुभएको छ त्यसलाई कार्यान्वयन गर्ने हो र अन्तिममा जुन फैसला भयो त्यहीअनुसार हामी जानु पर्छ । मन्त्रालय भनेको सबैले चाहेको हिसाबले कहाँ चल्छ ? गठबन्धनमा सबै दलहरूको आ–आफ्नो इच्छा, आकांक्षा होला तर सहमति भएपछि त्यसलाई कार्यान्वयन गर्नुपर्छ । मन्त्रालयको लागि भागबन्डा गर्दा यसले त झन् नराम्रो सन्देश दिन्छ नि । मान्छे के गर्छन् भने मुद्दा केही छैन, माग केही छैन भने पनि सत्तामा जानका लागि मुद्दालाई भ¥याङ बनाउने मधेसी दलहरूले जुन हविगत गरे । सत्ता स्वार्थको कारणले पार्टीहरू फुट्दै गए । विभाजन भए । आज मधेस दलहरूको जुन अवस्था छ यही कारणले भएको छ । त्यसकारण सहमतिलाई कार्यान्वयन गर्दै जानुपर्छ ।