देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पृथ्वीनारायण शाहको शालिक अनावरण,२७ पुसमा सार्वजनिक बिदा

देशान्तर

नेपाली सेनाले ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका लागि पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गरेको छ । नारायणहिटीस्थित श्री उपत्यका पृतना हाताभित्र नवनिर्मित राष्ट्रनिर्माता शाहको सालिकको प्रधान सेनापति महारथी प्रभुराम शर्माले अनावरण गर्नु भएको हो ।

यसैविच सरकारले सरकारको साझा न्यूनतम कार्यक्रममा पृथ्वी जयन्ती राख्ने विषयलाई हटाइएको छ । सत्ता साझेदार दलभित्र जनता समाजवादी पार्टी नेपालले असहमति जनाएपछि सरकारको साझा न्यूनतम कार्यक्रम बाट पृथ्वी जयन्ती राख्ने विषय बाट हटाईएको हो । यद्यपि सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय भने गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।