देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लोसपाले सरकारलाई विश्वासको मत दिने वा नदिनेबारे आज निर्णय गर्दै

देशान्तर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो १ बजे बस्ने बैठकले वर्तमान सरकारलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गर्ने भएको छ ।

विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल गरिने लोसपाले जनाएको छ । पुरानो गठबन्धन भत्किएर नयाँ सत्तासमीकरण बनेपछि लोसपाले सरकारलाई समर्थन गरेको छैन । लोसपा यसअघिको पाँचदलीय गठबन्धनमा आबद्ध थियो । प्रतिनिधिसभामा लोसपाबाट चार सांसद छन् । संसद्को नयाँ कार्यकालको बैठक पुस २५ गतेदेखि सुरु हुँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिने तयारी छ ।