रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा खुकुरी प्रहार गर्ने तिन जना विधार्थिलाई क्याम्पसले निष्कासन गरेको छ । पुस १३ गते बिहान कक्षा सञ्चालन भइरहेको समयमा परिसरभित्र हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै ३ विद्यार्थी निष्कासन भएका हुन ।
कृष्ण गिरी, सवीन निरौला र जलप तामाङलाई क्याम्पसबाट निष्कासन गरिएको क्याम्पस प्रमुख प्राडा जीवनधर ज्ञवालीले जानकारी जानकारी दिनुभयो । आन्तरिक विवादका कारण खुकुरी प्रहारबाट अनेरास्ववियु आरआरका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश्वर खड्का, पवन खड्का र हर्क बोहरा लगाएत माथि खुकुरी प्रहार भएको थियो ।खुकुरी प्रहारगर्ने र घाईते दुवै पक्ष नेकपा एमालेका विधार्थि संगठन अनेरास्वियुका कार्यकर्ताहुने ।
प्रतिक्रिया