देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर्णाली प्रदेश सभाको अधिवेशन १८ गते हुने

देशान्तर

काठमाडौं –  कर्णाली प्रदेश सभाको अधिवेशन पुस १८ गते सुरु हुने भएको छ । प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम पुस १८ गते सोमबार दिउँसो १ बजे प्रदेश सभा अधिवेशन आहृवान गरेको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

बैठकको पहिलो दिन १८ गते प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त संसद अधिवेशन आह्वान पत्र पढेर सुनाउने र दलीय धारणा राख्ने कार्यतालिका रहेको सचिवालयले जनाएको छ । सचिव बुढाथोकीका अनुसार अर्काे बैठककबाट सभामुख र उपसभामुख चुनिने छन् ।

प्रदेश सभा सदस्यहरुले पुस ११ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् । ४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रबाट १÷१ जना सांसद रहेका छन् ।