देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लुम्बिनी प्रदेशका सांसदको शपथग्रहण १६ गते हुने

देशान्तर

काठमाडौँ – लुम्बिनी प्रदेशका सांसदहरूको शपथग्रहण पुस १६ गते हुने भएको छ । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले बुधवार बसेको मन्त्रीपरिषद् बैठकले सांसदहरूको शपथग्रहण पुस १६ गते गर्ने जानकारी दिए ।

उनले प्रदेश मन्त्रीपरिषद्को बैठकले पुस १६ गते सांसदहरूलाई शपथ गराउनका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको बताए ।

शपथ ग्रहण लुम्बिनीको नयाँ राजधानी देउखुरीमा हुनेछ ।