काठमाडौँ – काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थीबीच झडप हुँदा २ जना घाइते भएका छन् । के विषयमा झगडा भएको स्पष्ट नभए पनि विद्यार्थीकै गुटको झगडा हुनसक्ने क्याम्पस प्रमुख जीवनधर ज्ञवालीले जानकारी दिए ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले घाइतेको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
एसपी मैनालीले उनीहरुबीच केही दिनअघि भलिबल खेल्ने बेला पनि विवाद भएको बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया