काठमाडौँ – राहदानी विभागमा सेवाग्राहीहरुको भीड लागेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा केही दिनयता सेवाग्राहीहरुको भीड लागेको हो ।
शुक्रबार बिहानैदेखि राहदानी विभागदेखि त्रिपुरेश्वर चोकसम्म नै दोहोरो लाइन बसेर सेवाग्राहीहरुले राहदानी लिइरहेका छन् । शुक्रवार राहदानी लिनका लागि बसेको लाइनले राहदानी लिन अझै पनि घन्टौं लाइन लागेर विभिन्न समस्या व्यहोर्नुपरेको यथार्थलाई पुष्टि गरेको छ ।
छिटो पालो पाउनका लागि बिहानै झिसमिसेमा त्रिपुरेश्वर पुग्ने गरेका नागरिकहरू उल्लेख्य रहेका छन् ।राहदानी विभागले पुस ५ गतेदेखि अपरान्ह साढे ३ बजेदेखि अनलाइन आवेदनका लागि बुकिङ सुरु गर्ने समय निर्धारण गरेको छ ।
यसअघि दैनिक ११ बजेदेखि बुकिङ सुरु हुने गरेको थियो । सेवाग्राहीलाई सहज बनाउन राहदानी विभागले अनलाइनबाट सेवा दिने भनेपनि अनलाइन सेवा चुस्त नहुँदा झनै समस्या परेको सेवाग्राहीहरु बताउँछन् ।
प्रतिक्रिया