काठमाडौं – उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १० जना स्कुल बसचालकलाई प्रहरीले कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मंगलबार बिहान विभिन्न ठाउँमा गरिएको विशेष चेकिङमा अन्य ट्राफिक नियम उल्लंघन गर्ने १० जना स्कुल बसचालकसहित २ सय ५४ जना चालकलाई कारबाही गरेको हो ।
सवारीचालक अनुमतिपत्र साथमा नलिई चलाउने ४ जना, नम्बर प्लेट स्पष्ट नभएको १ जना, लापरवाहीपूर्वक सवारी चलाउने १ जना र अन्य कसुरमा ४ जना स्कुल बसचालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।
सडकमा दुर्घटना न्यूनीकरण गर्दै यात्रा सुरक्षित गराउन जाँच गरी ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया