काठमाडौं – मौसमी कामदारलाई वैदेशिक रोजगारीमा पठाउने बाटो खुला भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कार्यविधि स्वीकृत गरेसँगै नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा जाने बाटो खुला भएको हो ।
कार्यविधि स्वीकृत भएसँगै रोजगारीमा पठाउने बाटो खुला भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले जानकारी दिए । अब सरकारले बेलायत, क्यानडा, दक्षिण कोरियालगायत श्रमिकहरूका आकर्षक गन्तव्य मुलुकमा मौसमी श्रमिक पठाउने छ ।
विभिन्न मुलुकबाट मौैसमी कामदार माग भएको छ । मौसमी कामका लागि युवाहरूको आकर्षण बढेसँगै ठगीको जोखिम बढ्न थालेपछि सरकार आफैंले शून्य लागतमा मौसमी श्रमिक पठाउने तयारी गरेको हो । सरकारले बेलायत, दक्षिण कोरिया, जर्मनी, क्यानडालगायत आकर्षक अन्य मौसमी श्रमिकहरूको माग हुने मुलुकमा नेपाली श्रमिक शून्य लागतमा पठाउने तयारी गरेको हो ।
सरकारले पारिश्रमिक तथा अन्य सेवा सुविधाको सुनिश्चितता गरेर मात्रै यस्ता श्रमिक पठाउने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया