काठमाडौँ – गत जेठ १५ गते मुस्ताङमा दुर्घटना भएको तारा एयरको जहाजको भग्नावशेष सात महिनापछि सकंलन गरिएको छ ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना हुँदा चालक दलका तीनसहित २२ जनाको मृत्यु भएको थियो ।
भौगोलिकरूपले अति विकट पहाडको खोँच तथा पाखोमा छरिएका जहाजका पाटपुर्जा संकलन गर्न तारा एयरले मंसिर १९ गतेदेखि मजदुरको टोली परिचालन गरेको थियो ।
समुद्री सतहबाट चार हजार ३ सय मिटर उचाइको पहाडबाट जहाजका पाटपुर्जा र सामान संकलन गरेर कोवाङ झार्ने काम सकिएको टोलीले जनाएको छ ।
प्रतिक्रिया