देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लापरवाहीका कारण सवारी लाइसेन्स वितरणमा फेरि ढिलाइ

देशान्तर

काठमाडौँ – यातायात व्यवस्था विभागको लापरवाहीका कारण सवारी लाइसेन्स वितरणमा फेरि पनि ढिलाइ भएको छ ।

विभागले माग अनुसार लाइसेन्स छपाई गर्न नसकेको मात्रै होइन लाइसेन्स वितरण गर्ने कार्यालयहरूसँग समेत समन्वय गरेको छैन । जसको ठाडो मारमा वर्षौंदेखि लाइसेन्स लिने सूचीमा रहेका सेवाग्राही परेका छन् ।

देशभर २१ वटा यातायात व्यवस्था कार्यालय रहेका छन । त्यस मध्य काठमाडौं उपत्यकामा मात्र ४ वटा कार्यालय रहेका छन् । ४ वटै यातायात व्यवस्था कार्यालयमा स्मार्ट सवारी चालक अनुमति पत्र लिनेहरूको घुइचो भने सधैं उत्तिकै देखिन्छ ।
विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले भने दैनिक ४५ सय लाइसेन्स छपाइ भैरहेको र छपाइका कारण लाइसेन्स वितरणमा ढिलाइ नहुने दाबी गरे ।
यातायात कार्यालयहरूमा दैनिक देखिने भीडले भने व्यवस्था विभागको दाबीलाई खण्डन गर्दछ । त्यसो त विभागको भनाइसँग लाइसेन्स वितरण गर्ने कार्यालयहरू पनि सहमत छैनन् । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयका प्रमुख राजकुमार कपाली लाइसेन्स छपाईमा भईरहेको ढिलाईकै कारण माग अनुसार लाइसेन्स वितरण गर्न नसकेको बताए ।

सरकारले विभिन्न प्राबिधिक कठिनाइ देखाउदै बर्षौंदेखि सवारी चालक लाइसेन्स वितरणमा ढिलाई गर्दै आएको छ । जसका कारण एकातर्फ लाइसेन्स लिन चाहनेहरुको संख्या हजारौं पुगिसकेको छ भने अर्कोतर्फ सेवाग्राहीहरू अवैध बाटोबाट लाइसेन्स लिन बाध्य भइरहेका छन् ।