देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पुष्पा न्यौपाने मृत्यु प्रकरण : संग्रौला परिवारको अनवाश्यक दवाव

देशान्तर

नुवाकोटकी पुष्पा न्यौपानेको मृत्यु प्रकरणमा जोडिएको घटनालाई आरोपितले नयाँ मोड दिन खोजेका छन् । सुरुमा आफै इंगेजमेन्ट तोडेपछि केटीलाई लगातार मानसिक यातना दिएका उनीहरुले उनको मृत्यु भइसकेपछि विभिन्न धाकधम्की दिएको पीडित पक्षले बताएको छ ।

विवाहका लागि भएको इंगेजमेन्ट तोडिएपछि आइतबार साँझ धुम्बाराही पीपलबोटस्थित केटाको घरनजिकै आफूलाई आगो लगाएकी बुद्धनगर बस्ने नुवाकोटकी २७ वर्षीया पुष्पा न्यौपानेको मृत्यु भएको थियो ।
केटी आफैले आगो लगाएको भन्दा पनि केटा पक्षकाले यो गर्न बाध्य पारेकाले उनीहरुलाई कानुनी कारबाहीको माग गर्दै महाराजगञ्ज प्रहरीमा किटानी जाहेरी दिएका छन् ।


घटनापछि प्रहरीले उद्दार गरि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा थप उपचारका लागि कीर्तिपुरस्थित वर्न अस्पताल लगिएको थियो । न्यौपानेको सोमबार विहान मृत्यु भएको थियो । घटनामा केटा पक्षका व्यक्तिहरुको संलग्नता रहेको भन्दै मृतक न्यौपानेका काका उत्तम न्यौपानेले महारागञ्ज प्रहरीमा किटानी जोहरी दिएका छन् ।

धुम्बाराहीका सुदन संग्रौलासँग उनको विवाहका लागि गत भदौ १८ मा टीकाटालो भएको थियो । पुष्पाको जन्मदिनकै दिन इंगेजमेन्ट भए पनि विवाहको मिति तय भइसकेको थिएन । उनीहरुबीच १ वर्षभित्र दिन तय गरि विवाह गर्ने सहमति भएको थियो । एक्कासी केटा पक्षले इंगेजमेन्ट तोडेपछि विक्षिप्त बनेकी पुष्पालाई पटक पटक मानसिक यातना दिएको परिवारले जनाएको छ ।
विवाहअघि घुमाउने, परिवारसँग बसेर रमाइलो गर्ने, एकअर्काप्रति माया गर्ने गरेका सुदनले इंगेजमेन्टपछि क्रमशः पुष्पालाई पटक–पटक मानसिक यातना दिएको र त्यसकै पीडा सहन नसकेर मार्न बाध्य पारेको मृतकका परिवारको किटानीमा उल्लेख गरिएको छ ।

काका उत्तम न्यौपानेका अनुसार शनिबार मात्रै विवाह नगर्ने गरी इंगेजमेन्ट तोड्न सुदन, उनका बाबु दिनेश र आमा विन्दु संग्रौला पुष्पाको परिवारलाई भेट्न पुगेका थिए । त्यसपछि इंगेजमेन्ट गर्दा आदानप्रदान गरिएका गरगहना र जनैसुपारी फिर्ता लिएर केटा पक्ष निस्किएको थियो । ‘५÷७ महिनाअघि मात्रै छोरीले स्नातकोत्तर उत्तीर्ण गरेपछि काम गर्न थालेकी थिइन्  । हाम्रो आफ्नै शोरुममा उनी काम गर्थिन्, त्यहीं आउँदा केटासँग चिनजान भएर पछि विवाह गर्नेसम्मको सम्बन्ध भएको थियो,’ पुष्पाका काका उत्तमले भने, ‘इंगेजमेन्टअघि केटा र परिवार सबैले राम्रो व्यवहार गरेका थिए । दुवै परिवारबीच आउजाउ हुन्थ्यो । तर, त्यसपछि भने खै किन हो, बिस्तारै छोरीलाई मनसिक यातना दिने, अनावश्यक शंका गर्ने, अविभावकलाई फोन गरेर अनावश्यक तनाव दिने काम भयो । धाकधम्की दिनेसम्मका पनि व्यवहार हुँदै गयो, भयो । त्यही क्रममा शनिबार इंगेजमेन्ट तोडिएको थियो, त्यसको भोलिपल्ट छोरी केटाको घरनजिकै जलेको खबर आयो ।’

पुष्पा जलेको खबर पनि केटाका बाबु दिनेशले दिएको उत्तमले बताए । जल्दाजल्दै आगो निभाउनुको साटो ‘पुष्पाजस्तै केटी पेट्रोल छर्केर जलेको जस्तो छ’ भन्दै दिनेशले पुष्पाका बाबु पुरुषोत्तम न्यौपानेलाई खबर गरेका थिए । त्यस क्रममा बचाउन छाडेर हेरेर बस्नुले छोरीको मृत्यु नै शंकास्पद भएको काका उत्तमको भनाइ छ । प्रहरीले हत्या आशंकामा सुदनलाई पक्राउ गरी अदालतमा अनुसन्धानका लागि म्याद थप गरिसकेको छ । सुदनका दाजु मधुसुदन, बाबुआमालाई पनि नियन्त्रणमा लिएकामा सोधपुछपछि छाडिएको छ ।
महाराजगन्जका डीएसपी अंगुर जीसीले पक्राउ परेका सुदनविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा अनुसन्धान अघि बढाइएको बताए । अहिले केटा पक्षले अनावश्यक धाक धम्की दिन थालेको उत्तमले बताएका छन् । आफूहरु न्यायका लागि अन्तिम समयसम्म लड्ने बताउँदै सहयोग गर्न सरोकारवाला सवैपक्षसँग अपिल पनि गरेका छन् ।