देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अनामनगरकाे बिग मार्ट अगाडिकाे पाेलमा आगलागी

देशान्तर

काठमाडाैं- काठमाडाैं उपत्यकाका सडक चाेकका पाेलहरूमा हेर्ने हाे भने त्यहाँ थामिनसक्नुका तारका गुजुल्टाे देख्न सक्छाैं । यसले उपत्यकाकाे साैन्दर्य मात्र बिगारेकाे छैन कि आगलागीका घटनाहरु पनि बढाएका छन् ।

आइतबार अनामनगरस्थित बिग मार्ट अगाडि र चाेकैमा दिउँसाे र साँझ गरी दुइपटक आगलागी भयाे। आगलागी भएकाे केही मिनेटमा नै दमकलले आगाेलाइ पूर्णरूपमा नियन्त्रणमा लिएकाे छ ।आगलागीबाट कुनै मानविय क्षति भने भएकाे छैन । तारहरु जलेकाले अनामनगरआसपासका क्षेत्रमा आइतबार दिउँसाे देखि इन्टरनेट चलेका छैनन् ।

यसैबीच, बिजुलीका पोलहरुमा अव्यवस्थित रूपमा राखिएका तारको व्यवस्थापन सुरु भएको छ।काठमाडौं महानगरपालिकाले अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन दिएको थियो ।

महानगरको निर्देशनपछि सेवा प्रदायकहरूले पोलमा यत्रतत्र राखिएका तार व्यवस्थापन गर्न थालेका हुन्।शनिबारदेखि विभिन्न कम्पनीले तार व्यवस्थापन गरिरहेका छन्।